तुलसीपुर, जेठ, ५
ग्लोवल आइएमई लघुवित्त टरिगाऊँ शाखा द्धारा आज तुलसीपुरमा अवस्थित मानव सेवा आश्रम लाई सहयोग गरिएको छ । संस्थाको ११ औ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम तुलसीपुर दाङ्का लागि खाद्य तथा सरसफाई सामाग्री सहयोग गरिएको होे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा रु २० हजार वरावरको खाद्य तथा सरसफाई सामाग्री आश्रमलाई सहयोग गरिएको हो ।
ग्लोवल आइएमई लघुवित्त टरिगाउँ स्टेसनका अनुगमन अधिकृत अशोककुमार वोगटीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा आश्रमका लागि दाल,चामल,तेल, विस्कुट, फ्रुटी, हार्पिक, सावुन, सेम्पु, सर्फ,झाडु लगायतका विभीन्न खाद्य तथा सरसफाई सामाग्री सहयोग गरिएको थियो ।
संस्थाकी शाखा प्रमुख चेतना के.सी.को सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं. १२ का वडा सदस्य शेषमणी भण्डारी, मानव सेवा आश्रम दाङका प्रमुख हीरु जोशी लगायतले आफनो मन्तव्य राख्नुभएको थियो ।
0 Comments