तुलसीपुर, चैत्र
ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लि. द्धारा वित्तीय साक्षरता कार्यक्रम तुलसीपुरमा समपन्न भएको छ । केन्द्र नं. ०३३ कि केन्द्र प्रमुख राधा धितालको अध्यक्षता तथा संस्थाको प्रदेश नं ५ का प्रदेश प्रमुख बसन्त सुवेदिको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का वडा सदस्य शेषमणी भण्डारीको विशीष्ट आतिथ्यतामा उक्त कार्यक्रम समपन्न भएको हो ।
संस्थाको कर्मचारी शर्मिला चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा केन्द्र नं ००८ कि सदस्य अनिता बस्नेत, सफल व्यवसायी कृष्ण बहादुर वली, वडा नं १२ का वडा सदस्य शेषमणी भण्डारी लगायतले बोल्नुभएको थियो ।
शाखा कार्यालय तुलसीपुर दाङकी शाखा प्रमुख चेतना के.सी. ले सहजीकरण गर्नुभएको कार्यक्रममा ७ वटा उत्कृष्ट् केन्द्र तथा ३ जना सफल व्यवसायीहरु अमृता खडका, पार्वति योगी र कृष्णवहादुर वली लाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा टरिगाउँ स्टेशन कार्यालय तुलसीपुरका अनुगमन अधिकृत अशोककुमार बोगटि समेतको सहभागीता रहेको थियो ।
0 Comments