डिप्रोक्स लिवाङ शाखा द्धारा केन्द्र उत्प्रेरणा तालीम सम्पन्न

 

 जेष्ठ २१, लिवाङ यामप्रसाद बोहरा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ रोल्पाले गोठमारेमा वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । रोल्पा नगरपालिका अन्र्तगत विभीन्न स्थानमा कार्यक्रम गर्दै आएकोे शाखाले आज रोल्पा नगरपालिका वडा नं. ३ गोठमारेमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

केन्द्र नं. ००१ कि केन्द्र प्रमुख धनमाया पुरी के.सी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शाखा कार्यालय लिवाङका शाखा प्रमुख पूर्णप्रसाद पान्डेले बचत भनेको के हो ? वचत किन गर्ने, कहाँ गर्ने ? कसरीे गर्ने ? कर्जा भनेको के हो ? कर्जा किन लिने ? व्यवसाय कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

 

 
शाखामा कार्यरत कर्मचारी वसन्त के.सी.को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमा वडा नं. ३ कि महिला वडा सदस्य कल्पना घर्तिमगरको पनि सहभागीता रहेको थियो । ४५ जना सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण कर्मचारी यामप्रसाद बोहराले गर्नुभएको थियो ।

Post a Comment

0 Comments

Comments