डिप्रोक्स लिवाङ शाखा द्धारा पानीपोखरा तथा गजुलमा वित्तीय साक्षरता सम्पन्न


जेष्ठ २८, लिवाङ रोल्पा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ रोल्पाले आज पानीपोखरामा वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । रोल्पा नगरपालिका अन्र्तगत विभीन्न स्थानमा कार्यक्रम गर्दै आएकोे शाखाले आज सुनिलस्मृति गा.पा–६, पानीपोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

केन्द्र नं. ०५१ कि सदस्य अस्मिता महराको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा लिवाङ शाखा प्रमुख पूर्णप्रसाद पान्डेले बचत भनेको के हो ? वचत किन गर्ने ? कहाँ गर्ने ? कसरीे गर्ने ? कर्जा भनेको के हो ? सावाँ भनेको के हो ? व्याज भनेको के हो  ? योजना निर्माण कसरी गर्ने ? कर्जा सदुपयोगीता किन गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । केन्द्र नं. ०५१,०५२,०११ का ५४ जना सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण कर्मचारी यामप्रसाद बोहराले गर्नुभएको थियो ।

यसैवीच 

सुनिलस्मृति–६, गजुल, दलङ्गामा पनि आज वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम समपन्न भएको छ । केन्द्र ०३४ कि सदस्य आशाा सुनारको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । ०३३,०३४, र १४१ केन्द्रका ३७ जना सहभागीता रहेको कार्यक्रममा पूर्णप्रसाद पान्डेले प्रशिक्षण दिनुभएको थियो । भने कार्यक्रमको सहजीकरण कर्मचारी यामप्रसाद बोहराले गर्नुभएको थियो ।
 
seo
 

Post a Comment

0 Comments

Comments