तस्विरः अशोक थापा |
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिवाङ रोल्पाले आज गोठमारेमा वित्तीय साक्षरता तथा केन्द्र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । रोल्पा नगरपालिका अन्र्तगत विभीन्न स्थानमा कार्यक्रम गर्दै आएकोे शाखाले आज रोल्पा नगरपालिका वडा नं.३ खुमेलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
केन्द्र नं. ००३ कि केन्द्र प्रमुख मिना विष्टको अध्यक्षतामा तथा रोल्पा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार पुरीको प्रम्ुख आतिथ्यतामा उक्त सम्पन्न भएको हो । कर्मचारी बसन्त के.सी. को स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा लिवाङ शाखा प्रमुख पूर्णप्रसाद पान्डेले बचत भनेको के हो ? वचत किन गर्ने ? कहाँ गर्ने ? कसरीे गर्ने ? कर्जा भनेको के हो ? सावाँ भनेको के हो ? व्याज भनेको ? योजना निर्माण कसरी गर्ने ? कर्जा सदुपयोगीता कसरी गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । केन्द्र नं. ००३, ०५७ र०५९ का ५३ जना सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण कर्मचारी यामप्रसाद बोहराले गर्नुभएको थियो ।
0 Comments